Matthew 21:42 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब येशूले तिनीहरूलाई सोध्नुभयो, “के तिमीहरूले धर्मशास्त्रमा लेखिएको यो कुरा पढेका छैनौ?— डकर्मीहरूले काम लाग्दैन भनेर फ्याँकेको ढुङ्गा नै घरको जग बसाल्दाखेरि मुख्य ढुङ्गा बन्न आयो। त्यस्तो त प्रभु परमेश्वर आफैंले हुन दिनुभएको हो, यो कति अचम्मको काम रहेछ!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूले कहिल्यै धर्मशास्त्रमा पढ़ेनौ? ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्यहीचाहिँ कुनाको शिर-ढुङ्गो बन्यो, यो परमप्रभुबाट भएको हो, अनि हाम्रो दृष्टिमा यो आश्चर्यमय छ।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूले धर्मशास्त्रमा कहिल्यै पढेका छैनौ: “ ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द तुल्याए, त्यही जगको मुख्य ढुङ्गा बन्यो; प्रभुले नै यो गर्नुभएको हो, अनि यो हाम्रा दृष्टिमा अचम्मको छ’?
Nepali ERV (पवित्र बाइबल)
येशूले तिनीहरूलाई भन्नुभयो, “निश्चय नै तिमीहरूले यो धर्मशास्त्रमा पढेका छौ ‘जुन ढुङ्गालाई डकर्मीहरूले रद्द गरे, त्यही ढुङ्गा मुख्य कुने ढुँङ्गा बन्यो, यो परमप्रभुले गर्नु भएको हो र यो हाम्रो लागि अचम्मको हुनेछ।’ भजनसंग्रह 118:22-23
Nepali Tamang 2011
जमाहेन्से येशूसे थेनीगदेदा चुह्रङ् भिसी सुङ्जी, “एनीगदेसे परमेश्वरला बचन खाइमै पढब लबा आरे? ‘जुन युङबादा दिम स्होबा कर्मीगदेसे गे आखेल भिसी भ्याङ्बा मुबा थेनोन युङबा दिमला सुर युङबा दोजी। चु परमप्रभुग्याम तबासे लमा य्हाङला लागिरी उदेकला ताम हिन्ना’ भिसी भ्रिबा मुला।