Matthew 21:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“सियोनका बासिन्‍दाहरूलाई भनिदेओ, ‘हेर, अब तिमीहरूका महाराजा तिमीहरूकहाँ आउँदै हुनुहुन्‍छ, उहाँ नम्र भएर गधामा चढेर आउँदै हुनुहुन्‍छ, उहाँको सवारी गधाकै बछेडामाथि हुँदै छ’।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“सियोनकी छोरीलाई भन, हेर, तिम्रा राजा तिमीकहाँ आउँदैछन्, विनम्र भई गधामाथि सवार भएर, गधाको बच्‍चा, एउटा बछेड़ामाथि।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यरूशलेमका मानिसहरूलाई भन, ‘हेर, तिम्रो राजा तिमीकहाँ आउँदैहुनुहुन्छ, नम्र र गधामाथि सवार हुनुभएर, बछेडामाथि, एउटा गधाको बछेडामाथि।’ ”
Nepali ERV (पवित्र बाइबल)
“सियोनको नगरलाई भन, ‘अब तिमीहरूको राजा आउनु हुँदैछ। उहाँ विनम्र हुनुहुन्छ अनि गधामा चढेर आउनु हुँदैछ, उहाँ एउटा भारी बोक्ने बछेडोमाथि आउनु हुँदैछ, जो काम गर्नकै खातिर जन्मेको पशु हो।”‘ जकरिया 99
Nepali Tamang 2011
“सियोनना म्‍हिगदेदा चुह्रङ् भिसी पाङ्‍गो, ‘च्‍यागो, एनीगदेला ग्‍ले एनीगदे मुबा ग्‍लारी गधाला कोलाथोरी क्रेःसी फेप्‍खबान मुला। थे ल्‍हानान सोजो मुला।’”