Matthew 22:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि नोकरहरू सडकमा गए र भेटिए जति राम्रा-नराम्रा सबैलाई बोलाएर ल्याए। यसरी बिहे घर मानिसहरूले भरिभराउ भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब ती नोकरहरूले सड़कहरूमा गएर भेट्टाएका सबैलाई, दुष्ट र असल दुवैलाई, जम्मा गरे, र विवाह-घर पाहुनाहरूले भरियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण ती सेवकहरू सडकतिर गए, र के असल के खराब, भेटेजति सबै मानिसहरूलाई जम्मा गरेर ल्याए; अनि विवाहको घर पाहुनाहरूले भरियो।
Nepali ERV (पवित्र बाइबल)
अनि नोकरहरू गल्लीहरूतिर गए। तिनीहरूले भेटेसम्म सबैलाई भेला पारे। तिनीहरूले राम्रा मानिसहरू सबैलाइ भोजमा सामेल गराउन लगे। त्यो ठाउँ मानिसै-मानिसको भीडले भरियो।
Nepali Tamang 2011
ओच्छे नोकरगदे ग्याम ग्यामरी निसी ज्यबा गे लबा तसै आज्यबा गे लबा तसै स्याप्तेबा जम्मादान निम्तो पिन्जी। चुह्रङ् लसी ब्याह दिम नाङनोन डोन्बोगदे तजी।
Recommended Reading