Matthew 22:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले आफ्‍ना केही चेलाहरूलाई हेरोद राजाका मानिसहरूसँगै येशूकहाँ पठाए। तिनीहरूले गएर उहाँलाई भने, “हे गुरु, तपाईंले साँचो कुरा बोल्‍नुहुन्‍छ भनी हामीलाई थाहा छ। मानिसहरूलाई सिकाउनुहुँदा तपाईंले साँचोसित परमेश्‍वरको बाटो देखाउनुहुन्‍छ। मानिसहरूले के भन्‍लान् भनेर तपाईंले वास्‍ता पनि गर्नुहुन्‍न। तपाईंले त कसैको मुख हेरेर कुरा गर्नुहुन्‍न!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले आफ्‍ना चेलाहरूलाई हेरोदी दलका मानिसहरूसँग उहाँकहाँ पठाए। तिनीहरूले भने, “हे गुरुज्‍यू, हामी जान्‍दछौं, तपाईं सत्‍य हुनुहुन्‍छ, र परमेश्‍वरको मार्ग साँचो गरी सिकाउनुहुन्‍छ, र तपाईं कसैको भय मान्‍नुहुन्‍न, किनकि तपाईं मानिसहरूका मुख हेरेर काम गर्नुहुन्‍न।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले आफ्ना चेलाहरूलाई हेरोदीहरूसित उहाँकहाँ पठाए। तिनीहरूले भने, “हे गुरु, तपाईं इमानदार मानिस हुनुहुन्छ भनी हामी जान्दछौँ, र तपाईंले साँचो गरी परमेश्‍वरका मार्ग सिकाउनुहुन्छ। तपाईं मानिसहरूद्वारा बहकाइनुहुन्‍न; किनकि तिनीहरू को हुन् भनी तपाईं ध्यान दिनुहुन्‍न।
Nepali ERV (पवित्र बाइबल)
फरिसीहरूले येशूलाई फँसाउन केही मानिसहरू पठाए। तिनीहरूले केही आफ्नै मानिसहरू र केही हेरोदी दलका मानिसहरूलाई पठाए। ती मानिसहरूले भने, “गुरूज्यू, तपाईं अति इमान्दार हुनूहुन्छ भनेर हामी जान्दछौ। हामी जान्दछौं तपाईंले परमेश्वरको मार्ग बारे ठीकसित सिकाउनुहुन्छ। तपाईं कसैसित डराउनु हुन्न। तपाईंको अधि सबै मानिसहरू समान छन्। यसर्थ हामीलाई तपाईंका धारणा भन्नु होस्।
Nepali Tamang 2011
थेनीगदेसे ह्राङला चेलागदेदा हेरोद ग्‍लेला म्‍हिगदेदेन छ्‌याम येशू मुबा ग्‍लारी पुइजी। थे म्‍हिगदे येशू मुबा ग्‍लारी निसी चुह्रङ् भिसी भिजी, “गुरु, ह्राङ सत्‍य म्‍हि हिन्‍ना, ओच्‍छे ह्राङसे खालैदा वास्‍ता आलमुला भिसी ङन्‍दा था मुला। तिग्‍दा भिसम ह्राङसे म्‍हिला ली च्‍यासी गे आलमुला, तर ह्राङसे म्‍हिगदेदा लोप्‍बा धुइरी परमेश्‍वरला ग्‍याम ज्‍यना लसी उन्‍मुला।