Matthew 22:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि उनले फेरि अरू नोकरहरूलाई यसो भनेर पठाए, “गएर ती निम्‍तारुहरूलाई भन, ‘खाने बेला भयो, मोटा-मोटा पशुहरू काटेका छन्। अब भोज मनाउनको लागि आउनुहोस्’।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“फेरि तिनले अरू नोकरहरूलाई यसो भनेर पठाए, “निमन्‍त्रित व्‍यक्तिहरूलाई भन, हेर, मैले मेरो भोज तयार गरेको छु, मेरा गोरुहरू र मोटा-मोटा पशुहरू मारिएका छन्, र सब चीजहरू तयार छन्‌। विवाह-भोजमा आउनुहोस्‌।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तब तिनले अझ बढी सेवकहरू पठाए र भने, ‘ती निम्ता गरिएकाहरूलाई मैले मेरो भोज तयार पारेको छु भनी भन: मोटा-मोटा पशुहरू मारेर व्यञ्जन तयार गरिएका छन्; अनि सबै थोक तयार छन्। विवाहको भोजमा आओ।’
Nepali ERV (पवित्र बाइबल)
“तब राजाले अझ धेरै नोकरहरू पठाए। राजाले नोकरहरूलाई यसो भनेका थिए, ‘मैले निम्ताएका ती मानिसहरूलाई खाना तयार भयो भनेर भन्नु। मैले मेरा गोरूहरू अनि पुष्टयाएका पशुहरू मारेकोछु। सबै कुरा तयारी छ। विवाहको भोजमा सामेल हुन आऊ।’
Nepali Tamang 2011
“दोःसी ग्‍लेसे निम्‍तो याङ्बा म्‍हिगदेदा ‘ङाइ छोबा छोबा म्‍हे बहर साइसी ब्‍याहला भोज ठीक लसी जिन्‍बा मुला। दाहेन्‍से ह्राङनी फेप्‍खउ भिउ’ भिसी स्‍य्‍हान्‍दो नोकरगदेदा पुइजी।