Matthew 22:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर ती निम्‍तारुहरूले वास्‍तै नगरीकन आ-आफ्‍ना काममा गए। कोही आफ्‍नो बारीतिर लागे अनि कोहीचाहिँ आफ्‍ना व्‍यापार-धन्‍दातिर लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर तिनीहरूले वास्‍तै नगरी एउटा आफ्‍नो खेतबारीतिर, अर्को आफ्‍नो व्‍यापारतिर लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर ती कसैले पनि ध्यान दिएनन्; अनि एउटा आफ्नो खेततिर र अर्कोचाहिँ आफ्नो व्यापारतिर गइहाले।
Nepali ERV (पवित्र बाइबल)
“नोकरहरूले ती मानिसहरूलाई भोजमा आउने आग्रह गरे। तर तिनीहरू नोकरहरूको कुरा सुन्न अस्वीकीर गरे। ती मानिसहरू आ-आफ्नै काममा लागे। एकजना आफ्नो खेतमा गए, अनि अर्को आफ्नो व्यापारतिर लागे।
Nepali Tamang 2011
“तर थे निम्‍तो याङ्बा म्‍हिगदेसे नोकरगदेला तामदा थेगोन आलना कोइ ह्राङला बु वारीरीक्‍यार निजी, कोइ व्‍यापार लबारी निजी,