Matthew 23:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“ए धर्म-गुरु र फरिसीहरू हो! तिमीहरूलाई धिक्‍कार छ! तिमीहरू त कपटी छौ। तिमीहरूले स्‍वर्गको राज्‍यको ढोकामा ताल्‍चा मारेका छौ। तिमीहरू आफैं पनि भित्र पस्‍दैनौ अनि भित्र पस्‍न खोज्‍नेहरूलाई पनि पस्‍न दिँदैनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“धिक्‍कार, तिमीहरूलाई, शास्‍त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू मानिसहरूका सामुन्‍ने स्‍वर्गका राज्‍यको ढोका बन्‍द गर्दछौ। तिमीहरू न त आफै पस्‍तछौ, न पस्‍न चाहनेहरूलाई पस्‍न दिन्‍छौ। [
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ए व्यवस्थाका शिक्षक र फरिसीहरू हो, कपटीहरू, तिमीहरूलाई धिक्‍कार छ! तिमीहरू मानिसहरूका सामु स्वर्गको राज्य बन्द गर्दछौ। तिमीहरू आफू पनि प्रवेश गर्दैनौ, न त प्रवेश गर्न चाहनेहरूलाई नै प्रवेश गर्न दिन्छौ।
Nepali ERV (पवित्र बाइबल)
“शास्त्रीहरू र फरिसीहरूका निम्ति यो अति नराम्रो हुनेछ। तिमीहरू कपटीहरू हौ। तिमीहरू स्वर्गको राज्यमा प्रेवश गर्न चाहने मानिसहरूको ढोका थुन्छौ। तिमीहरू आफै पनि प्रवेश गर्दैनौ, अनि प्रवेश गर्न इच्छा गर्ने अरूहरूलाई पनि बाधा दिन्छौ।
Nepali Tamang 2011
“परमेश्‍वरग्‍याम सजाय याङ्तोःबा यहूदी धर्मगुरुदेन फरिसीगदे, एनीगदे मी कप्‍टीगदे हिन्‍ना। तिग्‍दा भिसम एनीगदेसे म्‍हिगदेला ङाच्‍छा स्‍वर्ग य्‍हुल्‍साला म्राप ढुङ्मुला। ओच्‍छे एनीगदे ह्राङएनोन आनिमुला निबारी म्‍हाइबा म्‍हिदाएनोन निआपुङ्मुला।