Matthew 23:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[“ए धर्म-गुरु र फरिसीहरू हो! तिमीहरूलाई धिक्‍कार! तिमीहरू त कपटी छौ। तिमीहरूले विधवाहरूको घरबार खोस्‍छौ र अझै देखाउनलाई लामा-लामा प्रार्थना पो गर्छौ। यसैकारण तिमीहरूले भयङ्कर दण्‍ड पाउनेछौ।]
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“धिक्‍कार तिमीहरूलाई, शास्‍त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू विधवाहरूका घर खाइदिन्‍छौ, र लामो-लामो प्रार्थना गर्ने भान पार्दछौ। यसैले अरूले भन्‍दा तिमीहरूले ज्‍यादा दण्‍ड पाउनेछौ। ]
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ए व्यवस्थाका शिक्षक र फरिसीहरू हो, कपटीहरू, तिमीहरूलाई धिक्‍कार छ! तिमीहरू विधवाहरूका घर निलिहाल्दछौ, र देखाउनका लागि लामा-लामा प्रार्थना गर्दछौ। यसैले अरूले भन्दा तिमीहरूले धेरै दण्ड पाउनेछौ।
Nepali Tamang 2011
“परमेश्‍वरग्‍याम सजाय याङ्तोःबा यहूदी धर्मगुरुदेन फरिसीगदे, एनीगदे मी कप्‍टीगदे हिन्‍ना। तिग्‍दा भिसम एनीगदेसे ह्रेम्‍बो सिबा म्रिङम्‍हेमेगदेला दिमनाम ब्‍यन्‍मुला। ओच्‍छे म्‍हिदा उन्‍बाला लागिरी ह्रेङ्बा ह्रेङ्बा प्रार्थना लबा स्‍होमुला। थेतबासेलमा स्‍य्‍हान्‍दोगदेसे भन्‍दा एनीगदेसे ल्‍हाना सजाय याङ्ला।