Matthew 23:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“ए धर्म-गुरु र फरिसीहरू हो! तिमीहरूलाई धिक्‍कार! तिमीहरू त कपटी छौ। अरूलाई आफ्‍नो धर्ममा ल्‍याउन संसारभरि चहार्छौ र कसैलाई आफ्‍नो धर्ममा ल्‍याइहाल्‍यौ भने उसलाई आफूभन्दा दोब्‍बर नरकको लायक बनाउँछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“धिक्‍कार तिमीहरूलाई, शास्‍त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू एक जनालाई आफ्‍नो मतमा ल्‍याउनलाई समुद्र र जमिन चहार्दछौ, र त्‍यो तिमीहरूको मतमा आएपछि त्‍यसलाई आफूभन्‍दा दोबर नरकको छोरो बनाउँछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ए व्यवस्थाका शिक्षक र फरिसीहरू हो, कपटीहरू, तिमीहरूलाई धिक्‍कार छ! तिमीहरू एक जनालाई आफ्नो धर्ममा ल्याउनलाई जमिन र समुद्र चाहार्छौ। अनि त्यो तिमीहरूका धर्ममा आएपछि आफूभन्दा दुईगुणा नरकको छोरा बनाउँछौ।
Nepali ERV (पवित्र बाइबल)
“तिमी शास्त्रीहरू र फरिसीहरूका निम्ति यो खराब हुनेछ। तिमीहरू कपटीहरू हौ। तिमीहरू एक मानिसलाई आफ्नो मतमा ल्याउनकालागि समुद्रहरू पार गर्दै विभिन्न देशहरू चाहार्छौ यस्तो कोही मानिसहरू भेटायो भने तिनीहरू त्यसलाई आफू भन्दा दोबर खराब तुल्याउँछौ। अनि तिमीहरू यति हुन्छौ कि तिमीहरू नरकको योग्य हुन्छौ।
Nepali Tamang 2011
“परमेश्‍वरग्‍याम सजाय याङ्तोःबा यहूदी धर्मगुरुदेन फरिसीगदे, एनीगदे मी कप्‍टीगदे हिन्‍ना। तिग्‍दा भिसम एनीगदे गङ स्‍योङ थासी भ्रसै कोर्सी कोर्सी स्‍य्‍हान्‍दो म्‍हिदा ह्राङलान ग्‍यामरी भ्रपुङ्मुला। ओच्‍छे तिगै लसी स्‍य्‍हान्‍दो म्‍हि गिक एनीगदेदेन छ्‌याम ढिक्‍जी भिसम एनीगदेसे थे म्‍हिदा ह्राङ भन्‍दा आज्‍यबा स्‍होसी नर्गरी नितोःबा म्‍हि स्‍होमुला।