Matthew 23:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“ए अन्धा अगुवाहरू हो! तिमीहरूलाई धिक्कार! तिमीहरूले ‘मन्दिर छोएर शपथ खाँदा केही हुँदैन, तर मन्दिरको सुन छोएर शपथ खाँदाचाहिँ शपथ लाग्छ’ भनेर सिकाउँछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“धिक्कार तिमीहरूलाई, अन्धा अगुवा हो, जसले भन्दछौ, ‘कसैले मन्दिरको शपथ खाँदा केही हुँदैन, तर मन्दिरका सुनको शपथ खाँदा त्यस शपथले बाँधिनेछ।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ए दृष्टिविहीन अगुवाहरू हो, तिमीहरूलाई धिक्कार छ! तिमीहरू यसो भन्दछौ, ‘यदि कसैले मन्दिरको शपथ खायो भने यसको कुनै अर्थ हुँदैन; तर यदि कसैले मन्दिरको सुनको शपथ खायो भने त्यस शपथले त्यो बाँधिनेछ।’
Nepali ERV (पवित्र बाइबल)
यी शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार। तिमीहरू अन्धो छौ अनि तिमीहरू अरूलाई डोर्याउँछौ। तिमीहरू भन्दछौ, ‘यदि कसैले मन्दिरको नाममा शपथ लियो त्यो अर्थहीन हुन्छ। तर यदि कसैले मन्दिरको सुन छोएर शपथ गर्यो भने, उसले त्यो शपथ पूरा गर्नुपर्छ’
Nepali Tamang 2011
“स्य्हान्दोदा लोप्बा काना म्हिगदे, एनीगदेसे परमेश्वरग्याम गाते सजाय याङ्ला। एनीगदेसे म्हिगदेदा लोप्बा धुइरी ‘परमेश्वरला मन्दिरला मिन किन्सी घ्रान फासैनोन तिगै आतमुला। तर परमेश्वरला मन्दिररी मुबा म्हरला मिन किन्सी घ्रान फाजी भिसम चा थे घ्रानसेन चमुला’ भिसी लोप्मुला।