Matthew 23:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फेरि ‘वेदी छोएर शपथ खायौ भने केही पनि हुँदैन, तर वेदीमा चढाइएको भेटी छोएर शपथ खाँदाचाहिँ शपथ लाग्‍छ’ भनेर सिकाउँछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
‘कसैले वेदीको शपथ खाँदा केही हुँदैन, तर त्‍यसमाथि राखिएको भेटीको शपथ खाँदाचाहिँ शपथले बाँधिनेछ।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू यो पनि भन्दछौ, ‘यदि कसैले वेदीको शपथ खायो भने यसको अर्थ हुँदैन। तर कसैले त्यसमाथि राखिएको भेटीको शपथ खायो भने त्यो त्यस शपथले बाँधिनेछ।’
Nepali ERV (पवित्र बाइबल)
अनि तिमीहरू भन्दछौ, ‘यदि कसैले वेदी छोएर शपथ लियो भने त्यो केही होइन। तर यदि कसैले बेदीमाथिको भेटी छोएर शपथ लियो भने त्यो आफ्नो कसमको ऋणी हुन्छ।’
Nepali Tamang 2011
ओच्‍छे ‘खालै म्‍हिसे बलि फुल्‍बा ग्‍लाला मिन किन्‍सी घ्रान फाजी भिसम तिगै आतमुला, तर थेरी फुल्‍बा भेटीला मिन किन्‍सी घ्रान फाजी भिसम चा थे घ्रानसेन चमुला’ भिसीनोन एनीगदेसे लोप्‍मुला।