Matthew 23:27 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“ए धर्म-गुरु र फरिसीहरू हो! तिमीहरूलाई धिक्‍कार! तिमीहरू कति कपटी छौ। तिमीहरू त कमेरोले पोतेको चिहानजस्‍तै छौ। त्‍यो चिहान बाहिरबाट हेर्दा त राम्रो देखिन्‍छ, तर भित्रपट्टि भने मुर्दा कुहेको हाड र अशुद्ध कुरा मात्र रहेको हुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“धिक्‍कार तिमीहरूलाई, शास्‍त्री र फरिसी हो, ढोंगीहरू! किनकि तिमीहरू चून लाइराखेका चिहानहरूजस्‍ता छौ, जो बाहिरपट्टि सुन्‍दर देखा पर्छन्, तर भित्रपट्टि भने मरेका मान्‍छेहरूका हाड़हरू र सबै अशुद्धताले भरिएका हुन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ए व्यवस्थाका शिक्षक र फरिसीहरू हो, कपटीहरू, तिमीहरूलाई धिक्‍कार छ! तिमीहरू सेतो चून लगाइएका चिहानहरूजस्ता छौ, जुन बाहिर त सुन्दर देखिन्छन्, तर भित्र त मरेका मानिसहरूका हाडहरू र सबै अशुद्धताले भरिएका हुन्छन्।
Nepali ERV (पवित्र बाइबल)
“व्यवस्थाका शास्त्रीहरू र फरिसीहरूलाई धिक्कार। तिमीहरू कपटी हौ। तिमीहरू चुना पोतेको चिहानहरू जस्ता छौ, जो बाहिरबाट सुन्दर देखिन्छन। तर भित्रपट्टि मरेको मानिहरूको हड्डीहरू हुन्छन्।
Nepali Tamang 2011
“परमेश्‍वरग्‍याम सजाय याङ्तोःबा यहूदी धर्मगुरुदेन फरिसीगदे, एनीगदे मी कप्‍टीगदे हिन्‍ना। एनीगदे तार साप्रासे च्‍युर्सी थान्‍बा धुर्सा ह्रङ्‌बान मुला। थे धुर्साला पाखापट्टि च्‍यामा चा जेबा म्राङ्‌मुला। तर न्‍हङ‍री भिसम सिबा म्‍हिला नख्रुदेन नइबा स्‍हेगदेसे प्‍लिङ्बा मुला।