Matthew 23:34 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब राम्ररी सुन, म तिमीहरूकहाँ अगमवक्ता, बुद्धिमान् मानिस र सत्‍य धर्म-गुरुहरूलाई पठाउनेछु। तिनीहरूमध्‍ये तिमीहरूले कतिलाई मार्नेछौ, कतिलाई क्रूसमा टाँग्‍नेछौ अनि कतिलाई चाहिँ सभाघरहरूमा कोर्रा लाउनेछौ र कतिलाई एउटा सहरबाट अर्को सहरसम्‍म खेद्‌नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण म तिमीहरूकहाँ अगमवक्ताहरू, बुद्धिमान्‌ मानिसहरू र शास्‍त्रीहरू पठाउँछु। तिनीहरूमध्‍ये कति जनालाई तिमीहरूले मार्नेछौ र क्रूसमा टाँग्‍नेछौ, र कति जनालाई आफ्‍ना सभाघरहरूमा कोर्रा लगाउनेछौ, र सहर-सहर हुँदो सताउनेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण म तिमीहरूकहाँ अगमवक्ताहरू र बुद्धिमान् मानिसहरू, र शिक्षकहरू पठाउँदैछु। तीमध्ये कतिलाई तिमीहरूले मार्नेछौ र क्रूसमा चढाउनेछौ; अरूलाई तिमीहरूले तिमीहरूका सभाहरूमा कोर्रा लगाउनेछौ; र एक सहरदेखि अर्को सहरमा खेद्नेछौ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण म तिमीहरूलाई भन्दछु ‘म तिमीहरूकोलागि अगमवक्ताहरू बुद्धिमान मानिसहरू र शास्त्रीहरू पठाउँछु। यी मध्ये कतिपयलाई तिमीहरूले मार्नेछौ। कसैलाई झुण्डयाउनेछौ। कसैलाई तिम्रा सभाघरमा कोर्रा लाउनेछौ अनि एउटा शहर देखि अर्को शहरसम्म तिनीहरूलाई लघाछौ।
Nepali Tamang 2011
थेतबासेलमा एनीगदेसे ङाला ताम ङ्‌यान्‍गो, दाहेन्‍से ङाइ अगमवक्तागदेदेन बुद्धि मुबा म्‍हिगदेदा ओच्‍छे सत्‍य ताम लोप्‍बा धर्मगुरुगदे एनीगदे मुबा ग्‍लारी पुइखला। थेनीगदेदा एनीगदेसे कोइदा साइला, कोइदा क्रुसरी टाँगब लसी साइला, कोइदा एनीगदे ह्रुप तबा दिमगदेरी भोर्सी कोर्रासे तोःला ओच्‍छे कोइदा शहर शहरग्‍याम ताप्‍ला।