Matthew 23:35 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसले गर्दा निर्दोष हाबिलदेखि मन्‍दिर र चोकमा भएको वेदीको बीचमा मारिएका बेरेक्‍याहका छोरा जकरियासम्‍मको दोष तिमीहरूमाथि पर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पृथ्‍वीमा बगाइएको सब धर्मी जनको रगत— निर्दोष हाबिलको रगतदेखि लिएर बेरेक्‍याहका छोरा जकरियाको रगतसम्‍म, जसलाई तिमीहरूले पवित्रस्‍थान र वेदीका बीचमा हत्‍या गर्‍यौ— सो तिमीहरूकै टाउकामा पर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तिमीहरूमाथि यस पृथ्वीमा बगाइएका धर्मी रगत अर्थात् धर्मी हाबिलदेखि लिएर तिमीहरूले मन्दिर र वेदीको बीचमा हत्या गरेका बेरेक्याहका छोरा जकरियाको रगतसम्म आइपर्नेछ।
Nepali ERV (पवित्र बाइबल)
अनि पृथ्वीमा मारिएका सबै असल ‘मानिसहरूको रगतको निम्ति तिमीहरूलाई दोष्याइनेछ। हाबिल जस्ता राम्रा मानिसको रगतका निम्ति अनि मन्दिर र वेदीको माझमा मारिएको बेरेक्याहको छोरो जकरियाको रगतको निम्ति यस पृथ्वीमा हाबिल देखि जकरियाको समयसम्म मारिएका सबै राम्रा मानिसहरूको रगतको निम्ति तिमीहरूनै दोषी ठहरिनेछौ।
Nepali Tamang 2011
थेतबासेलमा परमेश्‍वरला ङाच्‍छा ज्‍यबा म्‍हि हाबिलदा साइबा धुइहेन्‍से बेरेक्‍याहला झा जकरियादा साइबा धुइधोना जम्‍बुलिङरी मुबा जम्‍मान ज्‍यबा म्‍हिगदेदा साइबा पापला दोष एनीगदेसेन नातोःला। एनीगदेसे बेरेक्‍याहला झा जकरियादाएनोन परमेश्‍वरला मन्‍दिरदेन बलि फुल्‍बा ग्‍लाला गुङरी साइजी।