Matthew 23:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू अरूलाई चाहिँ धर्म-कर्मको गह्रुङ्गो भारी बोकाउँछन्, तर आफू भने त्‍यो भारी बोक्‍न त परै जाओस्, औँलाले पनि छुँदैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले गह्रौँ र बोक्‍न नसक्‍ने भारी बाँधेर मानिसहरूका काँधमा राखिदिन्‍छन्‌। तर तिनीहरू आफैचाहिँ ती उठाउनलाई एक औँलाले पनि छुँदैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले बोक्नै नसक्ने गह्रौँ भारी बाँधेर मानिसहरूका काँधमा राखिदिन्छन्, तर तिनीहरू आफैँचाहिँ ती उचाल्नलाई आफ्नो एक औँलासमेत चलाउँदैनन्।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले पालन गर्नु अति कठीन पर्ने नियमहरू तिनीहरू बनाउँछन्। ती नियमहरू पालन गर्न तिनीहरू अरूलाई करमा पादर्छन्। तर तिनीहरू आफै चाँहि कुनै नियम पालन गर्ने चेष्टा पनि गर्दैनन्।
Nepali Tamang 2011
ओच्‍छे म्‍हिगदेदा थेनीगदेसे पुइनोन आखम्‍बा धोइ काप्‍सी पिन्‍मुला। तर थेनीगदेसे भिसम थे धोइ थीबाला लागिरी या जुम्‍बीसेनोन आथुर्मुला।