Matthew 24:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि येशूले भन्‍नुभयो, “तिमीहरूले यी सब देख्‍नेछौ? साँच्‍चै म तिमीहरूलाई भन्‍छु, यी भवनहरूका एउटा ढुङ्गामाथि अर्को ढुङ्गा पनि बाँकी रहनेछैन, सबै भत्‍काइनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, ‘तिमीहरूले यी सब देख्‍छौ, होइन त? साँच्‍चै, म तिमीहरूलाई भन्‍छु, ‘एउटा ढुङ्गामाथि अर्को ढुङ्गा रहनेछैन, प्रत्‍येक भत्‍काएर फालिनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले सोध्नुभयो, “के तिमीहरू यी सबै थोक देख्दैछौ? म तिमीहरूलाई साँच्‍चै भन्दछु, यहाँ एउटा ढुङ्गामाथि अर्को रहनेछैन, तर प्रत्येक ढुङ्गा भत्काएर फ्याँकिनेछ।”
Nepali ERV (पवित्र बाइबल)
येशूले चेलाहरूलाई भन्नुभयो, “यी भवनहरू देख्दैछौ? म तिमीहरूलाई साँचो भन्दछु यी भवनहरू ध्वंस पारिनेछन्। कुनै ढुङ्गा अर्को ढुङ्गामाथि रहने छैन।”
Nepali Tamang 2011
तर येशूसे थेनीगदेदा चुह्रङ् भिसी सुङ्जी, “एनीगदेसे चु जम्‍मान म्राङ्बा मुला आहिन? च्‍यागो, एनीगदेसे ङाला ताम ङ्‌यान्‍गो, चु मन्‍दिरला युङबा गिकनोन बाँकी आचिना जम्‍मान फुप्‍ला” भिसी सुङ्जी।