Matthew 24:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
केही समयपछि येशू जैतुन डाँडामा बसिरहनुभएको बेलामा चेलाहरूले सुटुक्‍क आएर उहाँलाई सोधे, “गुरुज्‍यू, हामीलाई भन्‍नुहोस् न, यी सबै कुराहरू कहिले हुनेछन्? अनि तपाईं फर्की आउन लाग्‍नुभएको र संसारको अन्‍त हुन आँटेको छ भनी हामीले कसरी थाहा पाउन सक्छौं?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशू जैतून डाँड़ामा बस्‍नुहुँदा चेलाहरू एकान्‍तमा उहाँकहाँ आएर सोधे, “हामीलाई भन्‍नुहोस्, यी कुरा कहिले हुनेछन्, र तपाईंको आगमन र यस युगका अन्‍त्‍यको चिन्‍ह के हुनेछ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशू जैतुन डाँडामा बसिरहनुहुँदा चेलाहरू सुटुक्‍क उहाँकहाँ आएर सोधे, “हामीलाई भन्‍नुहोस्, यो कहिले हुनेछ, र तपाईंको आगमन र जगत्‌को अन्त्यको चिन्ह के हुनेछ?”
Nepali ERV (पवित्र बाइबल)
त्यसको केही बेरपछि येशू जैतून डाँडामा बसिरहनु भएको थियो। चेलाहरू येशूको साथमा एकान्तमा आए। तिनीहरूले भने, “यो घटना कहिले हुनेछ कृपया हामीलाई पनि भन्नुहोस्। तपाईंको आगमनको र संसारको अन्तको संकेत के हुनेछ?”
Nepali Tamang 2011
जमाहेन्‍से येशू जैतून भिबा गङरी धन्‍छ्‌याबा धुइरी, थेला चेलागदे सुटुक्‍क खसी “ह्राङसे सुङ्बा चु तामगदे खाइमा तला? ओच्‍छे ह्राङ फेप्‍खबा धुइदेन परमेश्‍वरसे जम्‍बुलिङला जम्‍मान म्‍हिगदेला निसाफ लबा धुइरी खाह्रङ्बा चिनु म्राङ्ला? ङन्‍दा सुङ्‍गो” भिसी भिजी।