Matthew 24:30 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि आकाशमा मानव पुत्र आउने चिन्‍ह देखापर्नेछ। मानव पुत्रलाई ठूलो शक्ति र महामहिमाको साथ आकाशको बादलमा आइरहेको देखेर संसारका सबै जातिहरू रुने-कराउने गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मानिसको पुत्रको चिन्‍ह आकाशमा देखा पर्नेछ, र पृथ्‍वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्‍नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यस बेला मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ; अनि पृथ्वीका सबै जातिहरूले विलाप गर्नेछन्। तिनीहरूले मानिसको पुत्रलाई शक्ति र महा महिमासहित आकाशका बादलहरूमा आइरहेको देख्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
“त्यसबेला आकाशमा केही चिन्ह देखीने छन् र ती मानिसको पुत्रको चिन्ह हुनेछन्। संसारभरिका सबै मानिसहरू रूनेछन्। सबै मानिसहरूले मानिसको पुत्रलाई आकाशमा बादलसँग आँउदै गरेको देख्नेछन्। मानिसको पुत्र शक्ति र महान गौरव लिएर आउनेछन्।
Nepali Tamang 2011
चुह्रङ् तमाहेन्‍से मुरी परमेश्‍वरसे पुइखबा म्‍हि खबान लबा चिनु गिक म्राङ्ला। ओच्‍छे परमेश्‍वरसे पुइखबा म्‍हिदा स्‍वर्गला खसुरी शक्तिदेन घ्रेन य्‍हाल य्‍हालरी खबा म्राङ्सी जम्‍बुलिङरी मुबा जम्‍मान य्‍हुलला म्‍हिगदे क्राबा क्रिङ्बा लला।