Matthew 24:33 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसरी नै मैले भनेका यी सबै कुराहरू हुँदैगरेको देख्‍दा मेरो आउने बेला आइपुग्‍नै आँटेको छ भनी तिमीहरूले जान्‍नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसरी नै तिमीहरूले पनि जब यी सबै कुरा भएका देख्‍नेछौ, तब ऊ नजिकै, ढोकामै छ भनी जान।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसरी नै जब तिमीहरूले यी सबै कुराहरू भइरहेका देख्छौ, तब यो नजिकै, ढोकैमा छ भनी तिमीहरूले जान।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूसित पनि यस्तै हुनेछ। जब तिमीहरू यस्तो भएको देख्छौ, त्यसबेला तिमीहरूलाई समय नजिक छ र त्यो आउने लागेको छ भनी थाहा हुनेछ।
Nepali Tamang 2011
थेह्रङ् लसीन ङाइ पाङ्बा जम्‍मान तामगदे तबा म्राङ्माहेन्‍से परमेश्‍वरसे पुइखबा म्‍हि खबा धिन खसी जिन्‍जी भिबा ताम एनीगदेसे था याङ्‍गो।