Matthew 24:45 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“बुद्धिमान् र भरपर्दो भण्‍डारेचाहिँ कस्‍तो मानिस होला त? जस्‍तै: मालिकले आफ्‍नो घरको सबै कामकाजको जिम्‍मा दिएपछि बुद्धिमान् र भरपर्दो भण्‍डारेले चाहिँ अरू नोकरहरूलाई ठीक-ठीक समयमा खान दिन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“विश्‍वासी र बुद्धिमान्‌ नोकर को हो, जसलाई त्‍यसको मालिकले आफ्‍ना परिवारका चाकरहरूलाई ठीक-ठीक समयमा खान देओस्‌ भनी खटाएको हुन्‍छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यसो भए त्यो विश्‍वासयोग्य र बुद्धिमान् सेवक को हो, जसलाई त्यसका मालिकले घरका अन्य सेवकहरूलाई तिनीहरूका भोजन ठिक समयमा दिनू भनेर तिनीहरूमाथि अधिकार दिएका छन्?
Nepali ERV (पवित्र बाइबल)
“बुद्धिमान र विश्वासी नोकर को चाँहि छ र मालिकले उसलाई आफ्ना सबै नोकरहरूलाई भन्दा विशेष जिम्मवारी सुम्पिन्छ र अरू सबैमाथि ठीक ठीक समयमा खानेकुराको प्रबन्ध गर्ने जिम्मामा लगाउँछ।
Nepali Tamang 2011
“दिमरी गे लबा बुद्धि मुबादेन भर्तुप्‍पा म्‍हि खाल हिन्‍ना? मालिकसे दिमला स्‍य्‍हान्‍दो नोकरगदेदा ठीक ठीक धुइरी चबा थुङ्बा ढिक्‍ना लसी पिन्‍बारी जिम्‍मा पिन्‍थान्‍जी।”