Matthew 25:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अनि ती मूर्ख कन्याहरू तेल किन्न जाँदा दुलहा आइपुगिहाले। तयार भएर बसेका पाँच वटी बुद्धिमती कन्याहरूचाहिँ दुलहाको साथमा विवाहको भोज मनाउन भित्र पसे र ढोका पनि बन्द भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिनीहरू किन्न जाँदा दुलहा आइपुगे, र तयार हुनेहरू उनीसँग विवाहको भोजमा भित्र पसे, र ढोका बन्द भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर जब तिनीहरू तेल किन्न निस्के, तब दुलहा आइपुगिहाले। ती तयार रहेका कन्याहरू तिनीसित विवाहको भोजमा प्रवेश गरिहाले। अनि ढोका बन्द भयो।
Nepali ERV (पवित्र बाइबल)
“त्यसपछि ती पाँचजना बुद्धिहीन कन्याहरू तेल किन्न गए। जब तिनीहरू जाँदै थिए, त्यसैबेला दुलहा आइपुगे अनि तयार रहेका सबै कन्याहरू दुलहासंग विवाहको भोजमा सामेल भए। त्यसपछि ढोका थुनियो अनि ताला लगाइयो।
Nepali Tamang 2011
“तर थेनीगदे छ्युगु ग्लुबारी निमा म्हाछार धोखजी। ओच्छे ङाच्छान ठीक तसी चिबागदे म्हाछारदेन छ्याम भोज चबारी दिम न्हङरी वाङ्जी। ओच्छे म्राप ढुङ्जी।