Matthew 25:20 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पाँच वटा सुनको सिक्का पाउनेले आएर मालिकलाई भन्यो, ‘हेर्नुहोस्, हजुरले मलाई पाँच वटा सुनको सिक्का दिनुभएको थियो, त्यसबाट मैले अरू पाँच वटा कमाएर ल्याएको छु।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब पाँच सुनका सिक्का पाउने नोकरले अरू पाँच सिक्का ल्याई अगाडि आएर यसो भन्यो, ‘हजूर, तपाईंले मलाई पाँच सिक्काको जिम्मा दिनुभएको थियो। हेर्नुहोस्, मैले अरू पाँच सिक्का कमाएको छु।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पाँच झोला सुनका सिक्का पाउने मानिसले अरू पाँच ल्यायो। उसले भन्यो, ‘हजुर, तपाईंले मलाई पाँच झोला सुनका सिक्का सुम्पनुभएको थियो। हेर्नुहोस्, मैले अरू पाँच झोला सुन कमाएँ।’
Nepali ERV (पवित्र बाइबल)
पाँच तोडा पाउने नोकर पैसा लिएर मालिककहाँ आयो। त्यसले भन्यो, ‘महाशय, तपाईंले मलाई पाँच तोडा विश्वास गरेर जिम्म दिनुभएको थियो। यसकारण अरू पाँच तोडा कमाउनलाई मैले ती रूपियाँ काममा लगाएँ।’
Nepali Tamang 2011
जमाहेन्से म्हरला डबल ङा याङ्बा नोकर खसी ‘मालिक, ह्राङसे ङादा पिन्बा डबल ङाग्याम ङाइ अर्गु डबल ङा स्होबा मुला, चु किन्गो’ भिसी भिमा,