Matthew 25:22 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि दुई वटा सुनको सिक्का पाउनेले आएर भन्यो, ‘हजुर, तपाईंले मलाई दुई वटा सुनको सिक्का दिनुभएको थियो। हेर्नुहोस्, मैले अरू दुई वटा कमाएर ल्याएको छु।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“दुई सिक्का पाउनेले पनि आएर भन्यो, ‘हजूर, तपाईंले मलाई दुई सिक्का दिनुभएको थियो। हेर्नुहोस्, मैले अरू दुई सिक्का कमाएको छु।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“दुई झोला सुनका सिक्का पाउने मानिस पनि आयो। त्यसले भन्यो, ‘हजुर, तपाईंले मलाई दुई झोला सुनका सिक्का सुम्पनुभएको थियो। हेर्नुहोस्, मैले अरू दुई झोला सुन कमाएँ।’
Nepali ERV (पवित्र बाइबल)
“त्यसपछि दुइ तोडा पाउने नोकर मालिक कहाँ गयो। त्यसले भन्यो, ‘महाशय तपाईंले मलाई दुइ तोडा जिम्मा दिनुभएको थियो। यसकारण मैले त्यो पैसा उपयाग गरें र अरू दुइ तोडा कमाएँ।’
Nepali Tamang 2011
“जमाहेन्से म्हरला डबल न्ही याङ्बा नोकरएनोन खसी ‘मालिक, ह्राङसे ङादा पिन्बा म्हरला डबल न्हीग्याम ङाइ अर्गु म्हरला डबल न्ही स्होबा मुला, चु किन्गो’ भिसी भिमा,