Matthew 25:24 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“त्‍यसपछि एउटा सुनको सिक्‍का पाउनेले आएर भन्‍यो, ‘हजुर, तपाईं कठोर मानिस हुनुहुन्‍छ, तपाईंले आफूले नलगाएको बाली काटेर लिनुहुन्‍छ र आफूले ननिफनेको अन्‍न पनि बटुल्‍नुहुन्‍छ भन्‍ने कुरा मलाई थाहा थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“एक सुनको सिक्‍का पाउनेले पनि आएर भन्‍यो, ‘हजूर, नरोपेको जग्‍गाबाट कटनी गर्ने र ननिफनेको ठाउँबाट बटुल्‍ने तपाईं कठोर मानिस हुनुहुन्‍छ भन्‍ने मलाई थाहा थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यसपछि एक झोला सुनको सिक्‍का पाउने मानिस आयो। त्यसले भन्यो ‘मालिक, म जान्दछु कि तपाईं नरोपेको ठाउँमा कटनी गर्नुहुने र बिउ नछरेको ठाउँमा बटुल्नुहुने कठोर मानिस हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
“त्यसपछि एक तोडा पाउने नोकर मालिककहाँ आयो। त्यसले भन्यो, महाशय ‘मैले तपाईंलाई धेरै कठोर मानिसको रूपमा जान्न पाएँ। बिऊ नै नरोपी तपाईंले अन्न बटुल्न चाहनु भयो।
Nepali Tamang 2011
“थेह्रङ् लसीन म्‍हरला डबल गिक याङ्बा नोकरएनोन खसी ‘मालिक, ह्राङ तिगै आढ्‍वबा ग्‍लाग्‍याम बाली दुइबारी म्‍हाइबादेन तिगै आय्‍हाप्‍बा ग्‍लारी पोप लबारी म्‍हाइबा खरो म्‍हि हिन्‍ना भिबा ताम ङादा था मुबा।