Matthew 25:37 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यो सुनेर परमेश्वरका आज्ञापालन गर्दैआएका मानिसहरूले उनलाई सोध्नेछन्, ‘प्रभु, हामीले तपाईंलाई कहिले भोकाएको देख्यौं र खुवायौं? कहिले तिर्खाएको देख्यौं र पानी दियौं?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तब धर्मीजनहरूले उनलाई जवाफ दिनेछन्, ‘हे प्रभु, कहिले हामीले तपाईंलाई भोकाउनुभएको देख्यौं, र खान दियौं? अथवा तिर्खाउनुभएको देख्यौं, र पिउन दियौं?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तब ती धर्मीहरूले उनलाई जवाफ दिनेछन्, ‘हे प्रभु, हामीले तपाईंलाई कहिले भोकाएका देख्यौँ र खुवायौँ, अथवा तिर्खाएका देख्यौँ र पिउन दियौँ?
Nepali ERV (पवित्र बाइबल)
“तब धार्मिक मानिसहरूले जवाफ दिनेछन्, ‘परमप्रभु, हामीले तपाईंलाई कहिले, भोकाउनु भएको देख्यौ अनि हामीले भोजन दियौं? हामीले तपाईं तिर्खाउनु भएको कहिले देख्यौ अनि हामीले पानी पिउँन दियौ?
Nepali Tamang 2011
“चुह्रङ्बा ताम थेःसी परमेश्वरसे कुल्बा ताम ङ्यान्बा म्हिगदेसे थेदा चुह्रङ् भिसी ङ्योइला, ‘प्रभु, ङन्से ह्राङदा खाइमा ख्रेन्बा फुइबा म्राङ्सी चबा थुङ्बा पिन्जी?