Matthew 25:45 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस बेला सिंहासनमा बस्‍ने राजाले तिनीहरूलाई भन्‍नेछन्, ‘साँच्‍चै म तिमीहरूलाई भन्‍छु, मेरा भाइहरूमध्‍ये सबैभन्दा सानालाई सहायता नगर्नु नै मलाई नगर्नु हो।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तब उनले तिनीहरूलाई जवाफ दिनेछन्, ‘साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, यी सबैभन्‍दा सानाहरूमध्‍ये एक जनालाई जे-जति गरेनौ, त्‍यो तिमीहरूले मेरो निम्‍ति गरेनौ।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“उनले जवाफ दिनेछन्, ‘म तिमीहरूलाई साँच्‍चै भन्दछु, तिमीहरूले यी सानाहरूमध्ये एउटालाई जे गरेनौ, त्यो तिमीहरूले मलाई नै गरेनौ।’
Nepali ERV (पवित्र बाइबल)
“त्यसपछि राजाले तिनीहरूलाई जवाफ दिए, ‘म तिमीहरूलाई साँचो भन्दछु, ‘यी मेरा मानिसहरू निम्ति जे पनि तिमीहरूले गरेनौ, यी सबै तिमीहरूले मेरो निम्ति गरेनौ।’
Nepali Tamang 2011
“जमाहेन्‍से ङाइ थेनीगदेदा ‘एनीगदेसे ङाला ताम ङ्‌यान्‍गो, चु ङाला आलेगदे न्‍हङला जम्‍मान भन्‍दा जजा आलेदा एनीगदेसे वास्‍ता आलबान ङादा वास्‍ता आलबा हिन्‍ना’ भिसी भिला।