Matthew 26:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले तिनीहरूलाई भन्‍नुभयो, “सहरमा एक विशेष मानिसकहाँ जाओ र भनिदेओ: गुरुले यसो भन्‍नुभएको छ, ‘मेरो बेला भयो। म आफ्‍ना चेलाहरूसँग तपाईंको घरमा निस्तार चाडको भोज खान चाहन्‍छु’।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले भन्‍नुभयो, “सहरमा एक जना मानिसकहाँ जाओ, र तिनलाई भन, ‘गुरुज्‍यू भन्‍नुहुन्‍छ, मेरो बेला नजिक आएको छ। म आफ्‍ना चेलाहरूसँग तिम्रो घरमा निस्‍तार-चाड मान्‍नेछु’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले जवाफ दिनुभयो, “सहरमा कुनै मानिसकहाँ जाओ र उनलाई भन, ‘गुरुले यसो भन्‍नुभएको छ: मेरो तोकिएको समय नजिकै छ। म मेरा चेलाहरूसित तिम्रो घरमा निस्तार चाड मान्‍नेछु।’ ”
Nepali ERV (पवित्र बाइबल)
येशूले भन्नुभयो, “शहरतिर जाऊ। मैले चिनेको मानिसको घरमा जाऊ। उसलाई गुरूले यसो भन्नु भएको छ भनेर भन, ‘मेरो तोकिएको समय अति नजिक आएको छ। म निस्तार चाडको भोजन मेरो सबै चेलाहरूसित तिम्रो घरमा खानेछु।”
Nepali Tamang 2011
येशूसे चेलागदेदा चुह्रङ् भिसी कुल्‍जी, “एनीगदे शहररी म्‍हि गिक मुबा ग्‍लारी निसी थे म्‍हिदा ‘ङा सिबा धुइ तसी जिन्‍बा मुला। थेतबासेलमा ङाइ ह्राङला चेलागदेदेन छ्‌याम चिसी एला दिमरी मिश्र य्‍हुल्‍साग्‍याम फेसी खबा धिन‍दा ढन्‍सी धङ्बा चाड धङ्बा सेम मुला, भिसी गुरुसे सुङ्बा मुला’ भिसी पाङ्‍गो।”