Matthew 26:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चेलाहरूले गएर येशूले अह्राउनुभएजस्‍तै गरे अनि त्‍यहीँ नै चाडको भोज ठीक पारे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब येशूको आदेशअनुसार चेलाहरूले गरे र तिनीहरूले निस्‍तार-चाड़को प्रबन्‍ध मिलाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
चेलाहरूले येशूले तिनीहरूलाई आज्ञा गर्नुभएबमोजिम गरे; र निस्तार चाडको भोज तयार गरे।
Nepali ERV (पवित्र बाइबल)
चेलाहरूले येशूको आज्ञा अनुसार सबैकाम गरिदए। तिनीहरूले निस्तार-चाडको भोज तयार पारे।
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे कुल्‍बा अन्‍छारनोन चेलागदेसे मिश्र य्‍हुल्‍साग्‍याम फेसी खबा धिन‍दा ढन्‍सी धङ्बा चाडला भोज ठीक लजी।