Matthew 26:31 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस बेला येशूले चेलाहरूलाई भन्नुभयो, “आज राती तिमीहरू सबै जना मलाई छोडेर भाग्नेछौ। किनभने धर्मशास्त्रमा यस्तो लेखिएको छ— म गोठालालाई मार्नेछु र भेडाहरू तितरबितर हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब येशूले तिनीहरूलाई भन्नुभयो, “आज राती मेरो कारणले तिमीहरू पछि हटिजानेछौ। किनभने यसो लेखिएको छ, ‘म गोठालालाई प्रहार गर्नेछु, र बगालका भेड़ाहरू जताततै छरपष्ट हुनेछन्।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब येशूले तिनीहरूलाई भन्नुभयो, “आजै राति मेरो कारणले तिमीहरू सबै जना पछि हट्नेछौ; किनकि यसरी लेखिएको छ: “ ‘म गोठालोलाई प्रहार गर्नेछु, र बगालका भेडाहरू तितरबितर हुनेछन्।’
Nepali ERV (पवित्र बाइबल)
येशूले चेलाहरूलाई भन्नुभयो, “आज मध्यरातमा मेरो कारणले तिमीहरूले आफ्नो विश्वास हराउनेछौ। किनभने यो धर्मशास्त्रहरूमा लेखिएको छ ‘म गोठलोलाई प्रहार गर्नेछु, अनि बथानका भेडाहरू छरपष्ट हुनेछन्।’ जकरिया13:7
Nepali Tamang 2011
जमाहेन्से येशूसे ह्राङला चेलागदेदा चुह्रङ् भिसी सुङ्जी, “तिनी म्हुनङ एनीगदे जम्मासेन ङादा ख्लासी यार्ला। तिग्दा भिसम परमेश्वरला बचनरी ‘ङाइ गोठालोदा साइला। ओच्छे ग्युगदे ससा बङबङ तसी यार्ला’ भिसी भ्रिबा मुला।