Matthew 26:38 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले चेलाहरूलाई भन्‍नुभयो, “मेरो मन दु:खले छटपटाएर मुटु नै फुट्लाजस्‍तो भइरहेछ। तिमीहरूचाहिँ जागा भई यहाँ बसेर मलाई साथ देओ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो प्राण गहिरो शोकले मरेतुल्‍य भएको छ। तिमीहरू यहीँ बस, र मसँग जागा रहो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो प्राण शोकले मरेतुल्य भएको छ; तिमीहरू यहीँ बस, र मसित जागा रहो!”
Nepali ERV (पवित्र बाइबल)
येशूले पत्रुस र जब्दीका दुइ छोराहरूलाई भन्नुभयो, “मेरो आत्मा दुखै दुखले भरिएको छ। मेरो प्राण गहिरो शोकले मरे तुल्य भएको छ। तिमीहरू यहाँ मसँग बस अनि पर्ख।”
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे थेनीगदेदा “ङाला सेम क्रोसी ङा सिबा तेबान तबा मुला। थेतबासेलमा एनीगदे चुरीन ङा ह्रङ् लसी छोर्सी चिउ” भिसी सुङ्जी।