Matthew 26:39 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँचाहिँ अलिक पर गएर भूइँमा घोप्‍टो परी यसो भन्‍दै प्रार्थना गर्न लाग्‍नुभयो, “हे मेरा पिता, हुन सक्‍छ भने यो दु:खको घुट्को मबाट हटाइदिनुहोस्। तरै पनि मेरो इच्‍छा त होइन, तपाईंकै इच्‍छा पूरा होस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि उहाँले अलि अगाडि गएर लम्‍पसार परी प्रार्थना गर्नुभयो, “हे मेरा पिता, हुन सक्‍छ भने, यो कचौरा मबाट हटोस्‌। तरै पनि मैले इच्‍छा गरेबमोजिम होइन, तर तपाईंले इच्‍छा गर्नुभएबमोजिम होस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अलि पर गएर उहाँले भुइँमा घोप्टो परेर प्रार्थना गर्नुभयो, “हे मेरा पिता, यदि सम्भव भए यो कचौरा मदेखि हटाइयोस्; तरै पनि मेरो इच्छा होइन, तर तपाईंकै इच्छाअनुसार होस्।”
Nepali ERV (पवित्र बाइबल)
अनि येशू तिनीहरू देखि केही पर जानुभयो। येशू भूईमा घोप्टो परेर प्रार्थना गर्न लाग्नुभयो, “मेरा पिता, सम्भव भए मलाई यातनाको यो प्याला नदिनुहोस्। तर यो मैले ईच्छा गरे अनुसार होइन तपाईंको ईच्छा अनुसार होस्।”
Nepali Tamang 2011
ओच्‍छे येशू चा जजाकी क्‍याथाङ फेप्‍सी सरी ख्‍लुप तसी “आबा ङाथोरी खबारी छ्‌याइबा चु दुख तसम ङादा नाआपुङ्‍गो। तर ङाइ म्‍हन्‍बा अन्‍छार आहिन, ह्राङसे म्‍हन्‍बा अन्‍छार तगै” भिसी प्रार्थना लजी।