Matthew 26:47 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले यो कुरा भनिरहँदा बाह्र जनामध्‍ये यहूदा भन्‍ने एक जना चेलाचाहिँ आइपुग्‍यो। यहूदासँग लाठो र तरवार लिएका मानिसहरूको ठूलो दल थियो। तिनीहरूलाई मुख्‍य पूजाहारी र अरू अगुवाहरूले पठाएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँ बोल्‍दाबोल्‍दै, बाह्रमध्‍येको एक जना, अर्थात्‌ यहूदा आयो। त्‍यससँग मुख्‍य पूजाहारीहरू र जनताका धर्म-गुरुहरूले पठाएका एउटा ठूलो भीड तरवार र लाठा लिएर आयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँ बोलिरहनुभएकै बेला, बाह्र जनामध्ये एक जना यहूदा आइपुग्यो। ऊसँग मुख्य पुजारीहरू र जनताका प्रधानहरूद्वारा पठाइएका ठूलो भीड तरवार र लाठाहरू लिएर आएको थियो।
Nepali ERV (पवित्र बाइबल)
जतिबेला येशू बातचीत गर्दै हुनुहुन्थ्यो, यहुदा त्यहाँ आइपुग्यो। यहूदा बाह्रजना चेलाहरूमध्येका एकजना थिए। यहुदासँग थुप्रै मानिसहरू थिए। ती मानिसहरूलाई मुख्य पूजाहारीहरू र जनताका बूढा-प्रधानहरूलाई पठाएका थिए। यहूदाका ती मानिसहरू तरवार र भालाहरू लिएर आएका थिए।
Nepali Tamang 2011
येशूसे चु ताम सुङ्बान लबा धुइरी च्‍युक न्‍ही चेला न्‍हङला यहूदा इस्‍करियोत भिबा चेलादेन छ्‌याम कडीदेन तरवार थोबा म्‍हिला हुल धोखजी। थेनीगदेदा परमेश्‍वरला मन्‍दिररी पूजा लबा मुल म्‍हिदेन यहूदी गन्‍बागदेसे पुइखमुबा।