Matthew 26:64 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले जवाफ दिएर भन्नुभयो, “त्यो त तपाईं आफैंले नै भन्दै हुनुहुन्छ अनि म तपाईंहरूलाई भन्छु, अबदेखि उसो तपाईंहरूले मानव पुत्रलाई सर्वशक्तिमान् परमेश्वरको दाहिनेपट्टि सिंहासनमा बसिरहेको अनि स्वर्गबाट बादलमा आउँदैगरेको देख्नुहुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले तिनलाई भन्नुभयो, “तपाईंले नै भनिहाल्नुभयो। तापनि म तपाईंहरूलाई भन्दछु, अब उप्रान्त तपाईंहरूले मानिसको पुत्रलाई सर्वशक्तिमान्को दाहिने हातपट्टि बसेको, र आकाशको बादलमा आइरहेको देख्नुहुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले जवाफ दिनुभयो, “हो, तपाईं आफैँले भन्नुभयो, तर म तपाईंहरू सबैलाई भन्दछु: भविष्यमा तपाईंहरूले मानिसको पुत्रलाई सर्वशक्तिमान्को दाहिने हातपट्टि बसिरहेको, र आकाशका बादलहरूमा आइरहेको देख्नुहुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
येशूले भन्नुभयो, “हो, म नै हुँ। तर म भन्दछु भविष्यमा तपाईंले मानिसको पुत्रलाई परमेश्वरको दाहिनेपट्टि बसिरहेको र स्वर्गको बादलमा आउँदै गरेको देख्नु हुनेछ।”
Nepali Tamang 2011
येशूसे थेदा “थे ताम मी ह्राङसेन सुङ्जी। तसैनोन दाहेन्से ह्राङनीसे परमेश्वरसे पुइखबा म्हिदा शक्तिशाली परमेश्वरला दाहिने छ्यापट्टि चिबादेन स्वर्गग्याम खसुरी खबान लबा म्राङ्ला” भिसी सुङ्जी।