Matthew 26:65 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो सुनेर प्रधान पूजाहारीले विरक्त भएर आफ्‍नो लुगा च्‍यात्‍दै भने, “लौ हेर, यसले परमेश्‍वरको निन्‍दा गरेको तिमीहरूले सुनिहाल्‍यौ, अब हामीलाई अरू के प्रमाण चाहियो र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब प्रधान पूजाहारीले आफ्‍ना वस्‍त्र च्‍याते र भने, “यसले त ईश्‍वर-निन्‍दा बोल्‍यो। हामीलाई अब अरू साक्षीहरूको के दरकार पर्‍यो र? तपाईंहरूले अहिले यसले बोलेको ईश्‍वर-निन्‍दा सुनिहाल्‍नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब प्रधान पुजारीले आफ्नो वस्त्रहरू च्यातेर भने, “यसले ईश्‍वरनिन्दा गरेको छ! अब हामीलाई अरू बढ्ता साक्षी किन चाहियो? हेर्नुहोस्, अहिले तपाईंहरूले ईश्‍वरनिन्दा सुनिहाल्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
प्रधान पूजाहारीले जब यो कुरा सुने उनी खुबै क्रोधित भए। आफ्नै वस्त्र च्यात्दै उनले भन्न लागे, “यो मानिसले परमेश्वरको निन्दा गरेको हो! हामीलाई अरू धेरै प्रमाणको के खाँचो छ? तिमीहरू सबैले यिनले परमेश्वरको विरुद्धमा निन्दा गरेका सुन्यौ।
Nepali Tamang 2011
जमाहेन्‍से परमेश्‍वरला मन्‍दिररी पूजा लबा मुल म्‍हिसे ह्राङला क्‍वान ढेबान, “चु म्‍हिसे परमेश्‍वरला बिरोध लसी ताम पाङ्बा मुला। दाहेन्‍से य्‍हाङदा अर्गु प्रमाण तिग्‍दा तोःजी? ह्राङनीसे दान्‍दे चुसे ह्राङसे ह्राङदान परमेश्‍वर स्‍होसी पाङ्बा ताम य्‍हाङसे थेःनोन थेःजी।