Matthew 26:7 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एउटी स्त्री सिङ्गमरमरको भाँडामा धेरै महँगो अत्तर लिएर येशूकहाँ आइन्। उहाँले खाना खान लाग्नुभएको बेला उहाँको टाउकोमा सबै अत्तर खन्याइदिइन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एउटी स्त्री सिङ्गमरमरको एउटा शीशीमा बहुमूल्य अत्तर लिएर उहाँकहाँ आई, र उहाँ खान बस्नुहुँदा तिनले त्यो उहाँको शिरमा खन्याई।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एउटी स्त्री सिङ्गमरमरको एउटा भाँडोमा अति मूल्यवान् अत्तर लिएर आइन्, र उहाँ खान बस्नुभएको बेला उहाँको शिरमाथि खन्याइन्।
Nepali ERV (पवित्र बाइबल)
जतिबेला येशू त्यहाँ हुनुहुन्थ्यो, एउटी आईमाई उहाँ कहाँ आइन्। उनीसँग बहुमूल्य अत्तर भरिएको एउटा सङ्गमर्मरको भुँडुल्को थियो। येशूले खाँदैगर्नु भएको बेला तिनले येशूको शिरमा त्यो सुगन्धित अत्तर खन्याइन्।
Nepali Tamang 2011
सोल छ्योइबान लबा धुइरी म्रिङम्हेमे गिक सिङ्गमरमरला ताङरी ल्हानान महँगो अत्तर भसी येशू मुबा ग्लारी खजी। ओच्छे थेसे थे अत्तर येशूला थोबोरी युजी।