Matthew 26:74 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि फेरि पनि पत्रुसले शपथ हालेर भने, “मैले ढाँटेको हो भने परमेश्वरको दण्ड ममाथि नै परोस्, म त त्यस मानिसलाई चिन्दै चिन्दिनँ!” त्यसो भन्नेबित्तिकै भाले बासिहाल्यो
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब पत्रुसले आफैलाई सराप्दै शपथ खान लागे “म ती मानिसलाई चिन्दैचिन्दिनँ।” अनि तुरुन्तै भाले बास्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनले आफूलाई धिक्कार्दै शपथ खाएर तिनीहरूलाई भने, “म यस मानिसलाई चिन्दै चिन्दिनँ।” तब तत्कालै भाले बास्यो।
Nepali ERV (पवित्र बाइबल)
तब पत्रुसले धिक्कार्न लागे। दृढ भएर उनले भने, “म परमेश्वरको नाउँमा शपथ खाएर भन्दछु कि यो मानिसको हो म चिन्दिनँ।” पत्रुसले यसो भन्ने बित्तिकै भाले बास्यो।
Nepali Tamang 2011
जमाहेन्से पत्रुससे “ङाइ लुसीला ताम पाङ्बा हिन्सम परमेश्वरला सजाय ङाथोरी खगै भिसी घ्रान फाबान ङाइ थे म्हिदा ङोसेबान आरे” भिसी भिजी। थेसे थेह्रङ् भिमैछ्याम नागा क्राजी।