Matthew 26:75 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र “भाले बास्नुभन्दा अघि मलाई तीनपल्टसम्म चिन्दै चिन्दिनँ भनेर इन्कार गर्नेछौ,” भनी येशूले भन्नुभएको कुरा पत्रुसले सम्झे। उनी बाहिर गएर धुरुधरु रोए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब पत्रुसलाई येशूले भन्नुभएको यो कुरा याद भयो, “भाले बास्न अघि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ।” तब तिनी बाहिर गएर धुरुधुरु रोए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि पत्रुसले तिनलाई येशूले यसो भन्नुभएको यो वचन सम्झे, “भाले बास्नुभन्दा अगि तिमीले मलाई तीन पल्ट इन्कार गर्नेछौ।” तब तिनी बाहिर गएर धुरुधुरु रोए।
Nepali ERV (पवित्र बाइबल)
तब पत्रुसलाई येशूले भनेका कुराहरूको सम्झना भयो “भाले बास्न अघिनै मलाई तिमीले तीनपल्ट अस्वीकार गर्नेछौ।” त्यसपछि पत्रुस बाहिर गएर धुरूधुरू रोए।
Nepali Tamang 2011
जमाहेन्से येशूसे “च्यागो, नागा क्राबा भन्दा ङाच्छा सोमरेमधोना एसे ङादा ङोसेबान आरे भिला” भिसी सुङ्बा ताम पत्रुससे ढन्जी। थेतबासेलमा थे मङग्यार निसी घ्वाँ घ्वाँ क्राजी।