Matthew 27:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि परमप्रभुले मलाई अह्राउनुभएजस्‍तै गरी तिनीहरूले त्‍यो पैसा कुमालेको बारीको लागि दिए।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र परमप्रभुले मलाई आदेश दिनुभएअनुसार कुमालेको जमिनको निम्‍ति तिनीहरूले दिए।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि प्रभुले मलाई आदेश दिनुभएअनुसार तिनीहरूले त्यसलाई कुमालेको जमिन किन्‍न प्रयोग गरे।”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले मलाई आदेश गर्नु भए झैं तिनीहरूले ती तीस वटा सिक्काहरू कुम्हालेको जमीन किन्न चलाए।”
Nepali Tamang 2011
जमाहेन्‍से परमेश्‍वरसे ङादा कुल्‍बा अन्‍छार थेनीगदेसे थेनोन टाङगासे कुमालेला बु ग्‍लुजी।”