Matthew 27:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू रोमी बडा-हाकिमको अघि उभिनुभएपछि हाकिमले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले जवाफ दिनुभयो, “त्‍यो त तपाईं आफैंले भन्‍दै हुनुहुन्‍छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशू हाकिमको सामु उभिनुभयो, र तिनले येशूलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले भन्‍नुभयो, “तपाईं नै त्‍यसो भन्‍नुहुन्‍छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशू राज्यपालको अगि उभिनुभयो, र राज्यपालले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले जवाफ दिनुभयो, “त्यो त तपाईं आफैँले भन्‍नुभयो।”
Nepali ERV (पवित्र बाइबल)
येशू बडा हाकिम पिलातसको अघाडि उभिनु भयो। पिलातसले उहाँलाई प्रश्न गरे। उनले सोधे, “के तिमी नै यहूदीहरूको राजा हौ?” येशूले जवाफ दिनुभयो, “हो, म हुँ।”
Nepali Tamang 2011
येशू अञ्‍चलाधीशला ङाच्‍छापट्टि राप्‍माहेन्‍से अञ्‍चलाधीशसे “तिग ए यहूदीगदेला ग्‍ले हिन्‍ना?” भिसी ङ्‌योइमा, येशूसे थेदा “थे मी ह्राङसेन सुङ्बा मुला” भिसी जोहाब पिन्‍जी।