Matthew 27:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बडा-हाकिमले फेरि सोधे, “साँच्चै भन, कसलाई छोडिदिऊँ?” तिनीहरूले “बारब्बालाई नै छोडिदिनुहोस्,” भनेर कराए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाकिमले फेरि तिनीहरूलाई सोधे, “यी दुईमा कुनचाहिँलाई म तिमीहरूका निम्ति मुक्त गरिदिऊँ भन्ने तिमीहरू चाहन्छौ?” तिनीहरूले भने, “बारब्बालाई।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राज्यपालले सोधे, “दुई जनामा म तिमीहरूका निम्ति कसलाई छोडिदिऊँ भन्ने तिमीहरू चाहन्छौ?” तिनीहरूले जवाफ दिए, “बारब्बालाई।”
Nepali ERV (पवित्र बाइबल)
पिलातसले भने, “बरब्बा र येशू मध्ये तिमीहरूको लागि मैले कसलाई छोडिदिनु पर्ने?” मानिसहरूले जवाफ दिए, “बरब्बालाई मुक्त गरिदिनु हवस्!”
Nepali Tamang 2011
थेतबासेलमा दोःसी अञ्चलाधीशसे थेनीगदेदा “ङाइ चु न्ही न्हङरी खजिबादा पुइगै भिबा एनीगदेला सेम मुला?” भिसी ङ्योइमा, थेनीगदेसे “बारब्बादा पुइगो” भिसी भिजी।