Matthew 27:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि पिलातसले तिनीहरूलाई फेरि सोधे, “त्‍यसो भए ख्रीष्‍ट भन्‍ने येशूलाई चाहिँ म के गरूँ त?” “त्‍यसलाई क्रूसमा झुण्‍ड्याइयोस्!” तिनीहरू सबैले कराएर भने।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पिलातसले तिनीहरूलाई भने, “तब ख्रीष्‍ट भनिने येशूलाई चाहिँ म के गरूँ त?” तिनीहरू सबैले जवाफ दिए, “त्‍यो क्रूसमा टाँगिओस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पिलातसले सोधे, “त्यसो भए ख्रीष्‍ट भनिने येशूलाई म के गरूँ?” तिनीहरूले जवाफ दिए, “त्यसलाई क्रूसमा टाँग्नुहोस्!”
Nepali ERV (पवित्र बाइबल)
पिलातसले सोधे, “त्यसो भए ख्रीष्ट भनिने येशूलाई चाहिं? के गर्नुपर्ने?” सबै मानिसहरूले भने, “उसलाई क्रूसमा झुण्डयाएर मार्नुपर्छ!”
Nepali Tamang 2011
जमाहेन्‍से पिलातससे थेनीगदेदा “थेह्रङ् भिसम थार्बा पिन्‍बा ख्रीष्‍ट भिबा येशूदा ङाइ तिग लउ?” भिसी ङ्‌योइमा, थेनीगदे जम्‍मासेन “चुदा क्रुसरी टाँगब लसी साइगो!” भिसी भिजी।