Matthew 27:24 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पिलातसलाई अब केही सीप नलाग्लाजस्तो भयो। अब त गोल-माल मच्चिएला भन्ने ठानेर उनले सबैको अगाडि हात धुँदै भने, “हेर, यी मानिसलाई मारेको दोष मलाई होइन, तर तिमीहरूलाई नै लागोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर केही सीप नलागेको देखेर, बरु खैलाबैला मच्चिन्छ भन्ने डरले पिलातसले पानी लिई भीड़को सामु आफ्ना हात धोएर भने, “तिमीहरू आफै जान, म यस मानिसको रगतदेखि निर्दोष छु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब पिलातसले आफ्नो केही सीप नलागेको, बरु अझ खैलाबैला मच्चिन सक्ने देखे, तब तिनले पानी लिए, र भीडको सामु आफ्ना हात धुँदै भने, “म यस मानिसको रगतदेखि निर्दोष छु। यसको जिम्मा तिमीहरूकै हो।”
Nepali ERV (पवित्र बाइबल)
अब कसै गरेर पनि मानिसहरूको निर्णय बदल्न सकिंदैन भनी पिलातसले बुझे अनि उनले यो पनि देखे कि मानिसहरू उत्तेजित भइरहेका थिए अनि झन झन जोडले कराउँदै थिए। पिलातसले सबैको अघि पानी लिए आफ्ना हात धोए। त्यसपछि उनले भने, “मलाई यो मानिसको मृत्युको निम्ति दोषी ठहर्याइने छैन। दोष तिमीहरू माथि पर्नेछ।”
Nepali Tamang 2011
तिगै लसीन आखम्बा म्राङ्सी दाहेन्से झन हल्ली खल्ली तला भिसी पिलातस लोङ्जी। ओच्छे थेसे जम्मान म्हिला ङाच्छा या ख्रुसी “चु म्हिदा साइबासे लमा ङाइ तिगै सजाय नाआतोःगै, थे सजाय एनीगदेसेन नागो” भिसी भिमा,