Matthew 27:29 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
काँडाको मुकुट बनाएर उहाँको शिरमा लगाइदिए र उहाँको दाहिने हातले निगालो लिन लगाएर उहाँको अगाडि झुकेर गिल्‍ला गर्दै भने, “यहूदीहरूका राजाको जय होस्!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले काँढ़ाको मुकुट गाँथेर उहाँको शिरमा लगाइदिए, र उहाँको दाहिने हातमा निगालो दिए, र उहाँको सामु घुँड़ा टेकेर उहाँलाई यसो भन्‍दै उहाँको गिल्‍ला गरे, “हे यहूदीहरूका राजा, प्रणाम।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनीहरूले काँडाहरू बटारेर एउटा मुकुट बनाए, र उहाँको शिरमा लगाइदिए। तिनीहरूले उहाँको दाहिने हातमा एउटा निगालो राखिदिए; अनि उहाँको अगि घुँडा टेकेर उहाँलाई अपमान गर्दै भने, “यहूदीहरूका राजाको जय!”
Nepali ERV (पवित्र बाइबल)
तब तिनीहरूले काँडाको मुकुट बनाए र येशूको टाउकोमा पहिरयाइदिए। अनि तिनीहरूले उहाँको दाहिने हातमा एउटा लठ्ठी थमाइदिए। त्यसपछि ती सैनिकहरूले येशूको सामन्ने घुँडा टेकेर खिल्ली उडाउन थाले। तिनीहरूले भन्न लागे, “हे यहुदीहरूको राजा हामी तिमीलाई सलाम गर्छौ।”
Nepali Tamang 2011
थेनीगदेसे पुजुला फेटा स्‍होसी येशूदा थोइसी पिन्‍जी। ओच्‍छे येशूदा दाहिने छ्‌यारी माला कडी पिन्‍सी “लास्‍सो यहूदीगदेला ग्‍ले, फ्‍याफुल्‍ला” भिसी फ्‍या लबा स्‍होसी येशूदा खिसी लजी।