Matthew 27:34 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यहाँ पुगेर तिनीहरूले येशूलाई तीतो औषधी हालेको सिर्का खान दिए। चाखेपछि उहाँले पिउन मान्नुभएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरूले उहाँलाई पित्त मिसाएको दाखमद्य पिउन दिए, तर उहाँले चाखेर त्यो पिउन चाहनुभएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ तिनीहरूले येशूलाई पित्त मिसाइएको दाखमद्य पिउन दिए; तर चाख्नुभएपछि उहाँले त्यो पिउन अस्वीकार गर्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
जब तिनीहरू गलगथामा पुगे। सैनिकहरूले, येशूलाई दाखरस पिउन दिए। त्यसमा पीत्त मिसाइएको थियो। येशूले त्यो चाख्नु भयो तर पिउन अस्वीकार गर्नुभयो।
Nepali Tamang 2011
थेरी धोखमाहेन्से थेनीगदेसे येशूदा अङगुरला निङगुरी कम्बा मान युसी पिन्जी। तर येशूसे थे निङगु म्य्हाङ्माहेन्से आसोल्नी।