Matthew 27:38 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूलाई झुण्ड्याउँदा तिनीहरूले दुई डाकुहरूलाई पनि उहाँको दायाँ र बायाँपट्टि क्रूसमा झुण्ड्याए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँसँग दुई जना डाँकूहरू क्रूसमा झुण्ड्याइएका थिए, एउटा उहाँको दाहिनेपट्टि र अर्को देब्रेपट्टि।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यति बेला दुई डाँकुहरू पनि उहाँसित क्रूसमा टाँगिएका थिए—एउटा उहाँको दाहिनेपट्टि र अर्कोचाहिँ उहाँको देब्रेपट्टि।
Nepali ERV (पवित्र बाइबल)
येशूसँगै दुइजना डाकूहरूलाई पनि क्रुसमा झुण्डयाईएको थियो। एउटा डाकूलाई येशूको दहिनेपट्टि र अर्को डाकूलाई उहाँको देब्रेपट्टि झुण्डयाईएको थिए।
Nepali Tamang 2011
थेनीगदेसे येशूदा क्रुसरी टाँगब लबा धुइरी य्हो न्हीदाएनोन गिकदा दाहिनेपट्टि गिकदा देब्रेपट्टि क्रुसरी टाँगब लजी।