Matthew 27:43 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसले परमेश्‍वरमा विश्‍वास गर्थ्‍यो र ‘म त परमेश्‍वरको पुत्र हुँ’ भनी हिँड्थ्‍यो। परमेश्‍वर यससँग खुसी हुनुभएको छ भने अब उहाँले नै यसलाई बचाऊन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसले परमेश्‍वरमा भरोसा राख्‍छ। परमेश्‍वरले यसलाई चाहनुहुन्‍छ भने उहाँले यसलाई अहिले छुटकारा देऊन्, किनकि यसले ‘म परमेश्‍वरको पुत्र हुँ,’ भनी भन्‍थ्‍यो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसले परमेश्‍वरमाथि भरोसा राखेको छ। यदि परमेश्‍वरले चाहनुहुन्छ भने उहाँले यसलाई अहिले नै मुक्त गरून्, किनकि यसले ‘म परमेश्‍वरका पुत्र हुँ’ भनेको छ।”
Nepali ERV (पवित्र बाइबल)
उनले परमेश्वरमाथि विश्वास राखे। यसकारण अब परमेश्वरले नै उनलाई बचाउन्, यदि परमेश्वरले ईच्छा गर्नुहुन्छ भने। उहाँ आफैले भन्नु भएको छ, म नै परमेश्वरको पुत्र हुँ।”
Nepali Tamang 2011
चुसे परमेश्‍वरदा विश्‍वास लमुबा। ओच्‍छे ‘ङा परमेश्‍वरलान झा हिन्‍ना’ भिसी भिमुबा। चुदे परमेश्‍वर चुदा म्राङ्सी ताङ्‍बा मुसम परमेश्‍वरसेन चुदा जोगब लगै।”