Matthew 27:48 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक जनाचाहिँ दगुर्दै गएर सिर्कामा झुम्रो चोपेर ल्यायो र त्यो झुम्रो निगालोको टुप्पामा अड्काएर येशूलाई पिउन दियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूमध्ये एक जनाले झट्टै दगुरेर गई एउटा स्पन्ज लिई सिर्कामा चोपेर निगालोमा राखी उहाँलाई पिउन दियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तीमध्ये एक जनाले तुरुन्तै दौडेर गई एउटा स्पन्ज लियो। उसले त्यसलाई सिर्कामा चोपेर एउटा निगालोमा राखेर पिउन भनी येशूलाई दियो।
Nepali ERV (पवित्र बाइबल)
एक्कासि तिनीरूमध्ये एक जनाले झट्टै दगुरेर गई एउटा स्पञ्ज लिएर आयो। त्यसले त्यो स्पञ्ज सिर्काले भरेर एउटा लट्ठीमा बाँधेर राखेको थियो। अनि उसले येशूलाई पिउन दिनका निम्ति त्यस लट्ठीको सहायताले स्पञ्ज उठायो।
Nepali Tamang 2011
जमाहेन्से थेनीगदे न्हङला गिक चा तुरुन्तन यार्बान निसी अङगुरला कम्बा निङगुरी क्वानगेन ब्लुम्सी माला कडीरी खीसी येशूदा ख्वाजी।