Matthew 27:64 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण तीन दिन नबितेसम्‍म त्‍यो चिहान राम्ररी कुर्न लगाइदिनुहोस्। कहीँ उसका चेलाहरूले आएर उसको लाश चोरेर लगी ‘उहाँ त मरेकोबाट बिउँतनुभएको छ’ भनेर मानिसहरूलाई छल्‍न नपाऊन्! नत्रता पहिलेको छलभन्दा पनि त्‍यो नराम्रो हुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण तेस्रो दिनसम्‍म त्‍यो चिहान सुरक्षित राख्‍नलाई हुकुम गर्नुहोस्, नत्रता त्‍यसका चेलाहरूले आएर त्‍यो चोरेर लैजालान्, र ‘त्‍यो त मरेकोबाट जीवित भई उठ्यो’ भनेर मानिसहरूलाई भन्‍नेछन्, र त्‍यो पछिल्‍लो धोका पहिलोभन्‍दा अझ नराम्रो हुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तेस्रो दिनसम्म चिहानलाई सुरक्षित राख्ने हुकुम दिनुहोस्। नत्रता त्यसका चेलाहरूले आएर उसको शरीर चोरेर लैजालान्, र मानिसहरूलाई ‘उहाँ जीवित भई उठ्नुभएको छ’ भन्लान्। यो अन्तिम धोकाचाहिँ पहिलोभन्दा अझ खराब हुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
यसकारण तीन दिनसम्म त्यो चिहानमा पहरा दिने आदेश पालेहरूलाई दिनुहोस्। उसका चेलाहरू आएर त्यहाँबाट उसको लाश चोरेर लैजान सक्छन्। अनि तिनीहरूले मानिसहरूलाई ‘तिनी मरेकोबाट जागे’ भन्नसक्छन्। यसपल्टको त्यो आफवाह पहिलेकौ भन्दा धेरै भयानक भएर फैलिनसक्छ।”
Nepali Tamang 2011
थेतबासेलमा सोमरेमाधोना सिपाहीगदेदा धुर्सा ख्रुङ्पुङ्‍गो। आहिन्‍सम थेला चेलागदे खसी थेला लास य्‍हो लसी भोर्ला। ओच्‍छे ‘येशूदा सिबाग्‍याम सोना लजी’ भिसी म्‍हिगदेदा ङाच्‍छाला भन्‍दा झन झुक्‍याब लसी भ्रला।”