Matthew 27:9 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी त्यति बेला यर्मिया अगमवक्ताले भनेको यो कुरा पूरा हुन आएको हो, “इस्राएलका मानिसहरूले उहाँको लागि तोकेको मोलचाहिँ चाँदीका तीस सिक्का थियो। त्यो तिनीहरूले लिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब यर्मिया अगमवक्ताले भनेको कुरा पूरा भयो, “तिनीहरूले चाँदीका तीस सिक्का लिए, त्यस मूल्यको रूपमा, जुन मूल्य इस्राएलका छोराहरूले तिनीमाथि तोकेका थिए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब यर्मिया अगमवक्ताद्वारा भनिएको कुरा पूरा भयो: “तिनीहरूले इस्राएलीहरूद्वारा उहाँको मोल भनेर तोकेका चाँदीका तीस वटा सिक्काहरू लिए,
Nepali ERV (पवित्र बाइबल)
यसरी यस्तो हुनेछ भनेर र्यमिया अगमवक्ताले जे भनेका थिए सो पूर्ण भयो। “तिनीहरूले तीस वटा चाँदीका सिक्काहरू लिए। यहूदीहरूले त्यतिनै पैसा उहाँको जीवनको लागि चुक्ता गर्ने निश्चय गरेका थिए।
Nepali Tamang 2011
यर्मिया अगमवक्तासे पाङ्बा ताम चुह्रङ् लसी पूरा तजी, “थे म्हुइला बोगल गिकसे च्युइ डबल परमेश्वरला मन्दिररी पूजा लबा म्हिगदेसे किन्जी। थे डबल चा थेला सय हिन्ना भिसी इस्राएलला म्हिगदेसे तोगब लबा मुबा।