Matthew 28:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर स्‍वर्गदूतले ती स्‍त्रीहरूलाई भने, “नडराओ, मलाई थाहा छ, तिमीहरू क्रूसमा मारिनुभएको येशूलाई खोज्‍न आएका हौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर स्‍वर्गदूतले ती स्‍त्रीहरूलाई भने, “तिमीहरू नडराओ, किनभने मलाई थाहा छ, तिमीहरू क्रूसमा टाँगिनुभएको येशूलाई खोज्‍दैछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती स्वर्गदूतले ती स्त्रीहरूलाई भने, “नडराओ, किनकि तिमीहरू क्रूसमा टाँगिएका येशूलाई खोज्दैछौ भनी म जान्दछु।
Nepali ERV (पवित्र बाइबल)
त्यो स्वर्गदूतले भने, “तिमीहरू डराउनु पर्दैन। म जान्दछु तिमीहरू येशूलाई खोजिरहेका छौ, जसलाई क्रूसमा झूण्डयाएर मारिएको थियो।
Nepali Tamang 2011
तर स्‍वर्गदूतसे थे म्रिङम्‍हेमेगदेदा चुह्रङ् भिसी भिजी, “एनीगदे थालोङ्‍गो, तिग्‍दा भिसम क्रुसरी टाँगब लसी साइबा येशूदा एनीगदेसे म्‍हाइबान मुला भिबा ताम ङादा था मुला।